आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् ? यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफि्रकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफि्रकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो । तर यो पटक भने राजधानीस्थित राजदरबार बाहिरै आयोजित एक भव्य समारोहमा हजारौँ महिला तथा युवतीहरु स्वतःस्फर्ूत रुपमा टपलेस भएर राजका अगाडि परेड देखाए । परम्परागत पहिरनमा सजिएका महिलाहरुले तल्लो वस्त्र लगाएका भएपनि अधिकांसको सरीरको माथिल्लो भाग नांगो थियो । जसका कारण उनीहरुका स्तन देखिएका थिए ।
खासगरी राजारानीका आमाप्रति श्रद्धा प्रकट गर्न उनीहरुले महिलापन र कुमारीत्वका गाथा गाएर नाच समेत प्रस्तुत गरेका थिए । वास्तवमा महिला हुनु भनेको गर्वको विषय हो भन्ने कुरा देखाउन महिलाहरुले यसो गर्ने गरेका बताइन्छ । टपलेश परेडमा सहभागि एक १८ वर्षीया किशोरीले आफु स्वाजिल्याण्डको नागरिक तथा कुमारी केटी हुन पाएकोमा गर्व महसुस भएको बताउँदै आफु राजासँग एक्येबद्धता जनाउन त्यहाँ आएको बताइन् ।
स्वाजिल्याण्ड अफि्रकाको सबैभन्दा गरीब देश मध्येको एक हो । यहाँका राजाका मसवाती तृतीयका कम्तिमा एक दर्जन श्रीमतीहरु रहेको बताइन्छ । देश गरीब भएपनि राजा भने धनकुवेर नै रहेको र उनको २० करोड अमेरिकी डलर सम्पत्ति रहेको बताइन्छ ।